संगालोखबर सम्बाददाता

तेह्रथुम । तेह्रथुमका ९ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । म्याङ्लुङ नगरपालिकाका ३ महिला र ६ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय तेह्रथुमले जनाएको छ ।

Advertisement

धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा म्याङ्लुङका ३२, ३६ र २५ बर्षीया महिला तथा २५, ४९, ४३, ४४, ५४ र ४४ बर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

म्याङ्लुङका ७४ जनाको गत सोमबार स्वाब संकलन गरी पीसीआर परीक्षण गर्न धरान पठाईएको थियो । जसमध्ये ६७ जनाको पीसीआर परीक्षण गर्दा ९ जनाको रिपोर्ट पोजिटिभ आएको हो । बाँकी ७ जनाको रिपोर्ट आउन बाँकी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!