
बिराटनगर । मोरङको रंगेलीमा माछा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । रंगेली–१ का ४९ बर्षीय खड्ग बहादुर मगरको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
घर नजिकैको माछा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर घटनास्थलमै उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।















