
रौतहट । रौतहटको माधवनारायण नगरपालिका–२ खेसरहियामा अज्ञात समुहले गोली प्रहार गरेर पुजारीको हत्या गरेको छ । बुधबार राती करिब ९ बजे हमुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहलाई गोली प्रहार गरी हत्या गरिएको हो ।
मन्दिर अगाडि खाना खान लागेका बेला कन्चटमा गोली प्रहार गरिएका साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गोली प्रहार कस्ले गरेको हो भन्ने खुल्न सकेको छैन । घटनापछि माधवनारायण–२ खेसरहियाको चारै नाका र भारतीय सिमाना सुरक्षा तैनाथी बढाईएको छ ।















