
झापा । झापामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कमल गाउँपालिका–२ का २२ बर्षीय बिशाल रिजालको करेन्ट लागेर मत्यु भएको हो ।
स्थानीय क्याम्पा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेर रिजाल घाईते भएका थिए । उपचारका लागि लाईफ लाईन अस्पताल दमक लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।















