
धरान । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मंगलबारसाँझ कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । मोरङको बुढिगंगा–२ की ६७ बर्षीया कोरोना संक्रमित महिलाको उपचारका क्रममा साँझ करिब ५ बजे मृत्यु भएको हो ।
बिराटनगरस्थित बिराट मेडिकल कलेजबाट रेफर गरेर पठाईएकी उनलाई मंगलबार बिहान प्रतिष्ठानमा भर्ना गरिएको थियो । अत्याधिक खोकी, श्वासप्रश्वासमा समस्या र ज्वारो आएकी उनको उपचारका क्रममा साँझ मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए ।
उनलाई दिर्घकालिन रुपमा मुटुको समस्यासमेत थियो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय १६ पुगेको छ ।















