संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

सुनसरी । सुनसरीको बर्जु गाउँपालिकामा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बर्जु–५ मा रहेको ईस्टन सुगरमिलमा कार्यरत ४२ बर्षीय तेज नारायण चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।

बिहान करिब १० बजे मिलमा काम गर्ने क्रममा करेन्ट लाग्दा चौधरी गंभीर घाईते भएका थिए ।

Advertisement

घाईते चौधरीलाई उपचारका लागि बिराटनगरस्थित गोल्डेन अस्पताल पठाईएको थियो । उपचारकै क्रममा बिहान साँढे ११ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!