संगालोखबर सम्वाददाता

विराटनगर । बिराटनगरको कोशी अस्पतालको आईसोलेसनमा गएराती कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएका सिराहको विष्णुपुर गाउँपालिका–१ का ४० वर्षीय पुरुषको मृत्यु भएको हो ।

Advertisement

उनमा श्वासप्रश्वास, निमोनिया र शरिरमा रगतको कमी देखिएको थियो । बिहिबार परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजिटिभ आएका उनको राती करिब ८ बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

योसँगै मोरङ जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

यसअघि विराटनगर–९ का दुई जना, विराटनगर–३, ५ र १० का एक÷एक जना कोरोना संक्रमितको मृत्यु भएको थियो । त्यस्तै रंगेली नगरपालिका–८, सुनबर्सी नगरपालिका–८ र बुढीगंगा गाउँपालिका–२ का एक÷एक पुरुषको पनि कोरोनाकै कारण मृत्यु भएको प्रदेश सरकारले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!