Avatar photoRabin Katel

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित सिम्सुवा खोलामा आएको बाढीले गाडी बगाएको छ । धरानबाट खाद्यान्न बोकेर साँगुरीगढीको गुर्धुम जाँदै गरेको को.१.ज १५४४ नम्बरको पिकअपलाई मंगलबार राती सिम्सुवा खोलामा आएको बाढीले बगाएको हो ।

Advertisement

ओलुटार–बुधुक सडक खण्डको बीचमा पर्ने सिम्सुवा खोलामा आएको बाढीले पिकअप बगाएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिए । बाढीले बगाएर पिकअपलाई झण्डै २० मिटर तल पुर्याएको थियो ।

पिकअप बगाउँदा त्यसमा भएको ठूलो परिमाणको खाद्यान्न नष्ट भएको छ । गाडी पनि क्षतिग्रस्त भएको छ । तर, मानवीय क्षति भने भएको छैन ।

घटनापछि भेडेटार प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल गएको थियो । बगेको पिकअपलाई जेसीवीको सहायतामा खोलाबाट निकालिएको भेडेटारका प्रहरी प्रमुख यदु खड्काले संगालोखबरलाई जानकारी दिए ।

तस्वीर: सुरेश याम्फु

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement