
उदयपुर । उदयपुरमा कल्भडमा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । बेलका नगरपालिका–३ भोटेपुल नजिक कल्भडमा आएको बाढीले बगाउँदा धरान उपमहानगरपालिका–५ का ३५ बर्षीय कर्ण बहादुर राईको मृत्यु भएको हो ।
सोमबार धरानबाट सब्जी खेति लगाउन बेलका नगरपालिका–३ सिसौली टप्पु गएका राईलाई मंगलबार ८ बजे कल्भडमा आएको बाढीले बगाएको थियो । प्रदेश १–०२–००२ च ४००५ नम्बरको गाडीमा घर फर्कदै गरेका उनी कल्भडमा बाढी आएको देखेर गाडी रोक्न लगाई गाडीबाट ओर्लेर बाटो नियाल्ने क्रममा बाढीले बगाउदा बेपत्ता भएको ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ ।
प्रहरीले खोजी गर्ने क्रममा बगाएको स्थान भन्दा करिव ५०० मिटर तल उनलाई मृत अवस्थामा फेला पारेको हो ।















