संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

सुनसरी । सुनसरीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । बराह नगरपालिका–४ का ५० बर्षीय सिताराम चौधरीको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको हो ।

रामधुनी नगरपालिका–६ मा रहेको शंकरबेलि तालमा जाल हानेर माछा मार्ने क्रममा डुबेर चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!