संगालोखबर सम्बाददाता

बिराटनगर । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले प्रदेश नं १ का सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुलाई स्वास्थ्य सामाग्री सहयोग गर्ने भएको छ । कोरोना भाईरसको जोखिम बढिरहेको बेला स्वास्थ्य सावधानी अपनाउँन २ हजार थान मास्क, २४ वोतल स्यानीटाइजर र ५ लिटरको १ जार स्यानीटाईजर झोल प्रदान गर्न लागिएको हो ।

Advertisement

दुवै संस्थाले आज बिराटनगरमा आयोजना गरेको कार्यक्रममा पूर्व संघिय तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरेलाई ईलाम, पाँचथर र ताप्लेजुङको स्वास्थ्य सामाग्री हस्तान्तरण गरे । वाँकी अन्य जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुलाई संगठन र संघका तर्फबाट सामाग्री लैजान आग्रह गरिएको छ ।

कार्यक्रममा बोल्दै उद्योग संगठनका अध्यक्ष भीम घिमिरेले अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको उद्योग व्यवसाय क्षेत्र लामो समयको लकडाउनका कारण नराम्रोसँग प्रभावित भएको बताए । उनले सामाजिक दुरी कायम राख्ने, माक्स लगाउने, सावुन पानीले हात धुने तथा स्यानीटाइजरको नियमित प्रयोग गरेर संक्रमणबाट बच्ने उपाय अपनाउँन सबैमा आग्रह गरे ।

यता, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बढ्दै गएको कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै दुवै संस्थाले सामाजिक उत्तरदायित्व बहन गरी उद्योग वाणिज्य संघहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!