Avatar photoRabin Katel

धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटाले तीन दिनसम्म भारी बर्षा हुने संभावना भएकाले सर्तक रहन जिल्लाबासीलाई आग्रह गरेको छ । प्रशासनले आज सार्वजनिक सूचना जारी गर्दै आज, भोली र पर्सी भारी बर्षा हुने संभावना रहेकाले उच्च सर्तकता अपनाउँँन आग्रह गरेको हो ।

Advertisement

जल तथा मौषम विज्ञान विभागले तीन दिनसम्म केही स्थानहरुमा हलुका तथा केही स्थानहरुमा मेघगर्जनसहित भारी बर्षा भई खोला तथा नदीमा पानीको वहाव बढेर भू–क्षय, बाढी, पहिरोको जोखिम हुनुका साथै सडक यातायात प्रभावीत हुनसक्ने पूर्वानुमान गरेको छ । बिभागको पूर्वानुमान अनुसार गृह मन्त्रालयको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएर सर्तकता अपनाउँन भनेको थियो ।

सोही अनुसार प्रशासन कार्यालयले सूचना जारी गर्दै धनकुटाबासीलाई जोखिमबाट बच्नका लागि उच्च सर्तकता अपनाउँन आग्रह गरेको हो । ‘धनकुटाको खोला नदी छेउछाउ बसोबास गर्ने सबैले भारी बर्षाले निम्त्याउँनसक्ने जोखिमबाट बच्न उच्च सर्तकताका साथ रहनु हुन आग्रह गर्दछौ ।’ जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जयराम श्रेष्ठद्वारा जारी सूचनामा भनिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement