संगालोखबर सम्बाददाता

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाले जिल्लाभर ७ हजार भन्दा बढी बिरुवा रोपेको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवसको अवसरमा नेकपाले जिल्लाभर बृक्षरोपण गरेको हो ।

Advertisement

जिल्लाका सात वटै पालिकामा सल्ला, एभोकाडो, धुपी, खयर, तेजपात, उत्तिस, रुद्राक्ष, कल्की, गोब्रेसल्ला, गुराँस लगायत प्रजातिका ७ हजार ५ सय बिरुवा रोपिएको नेकपा धनकुटाका प्रचार तथा प्रकाशन विभाग प्रमुख अर्जुन राईले जानकारी दिए । धनकुटा नगरपालिकामा २ हजार, सहिदभूमी गाउँपालिकामा १ हजार ५ सय, पाख्रीवास नगरपालिकामा र छथर जोरपाटी गाउँपालिकामा एक/एक हजार, चौबिसे गाउँपालिकामा ८ सय, महालक्ष्मी नगरपालिकामा ७ सय र साँगुरीगढी गाउँपालिकामा ५ सय बिरुवा रोपिएको हो ।

नेकपा जिल्ला कमिटिले स्मृति दिवसको अवसरमा सात वटै पालिका र ६० वटै वडामा बृक्षरोपणसहित अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने निर्णय गर्दै पार्टीसम्बद्ध सबैमा कार्यक्रम सफल पार्न आग्रह गरेको थियो । सोही अनुसार जिल्लाभर बृक्षरोपणसहित समाजवाद र पुष्पलाल विषयक अन्तरक्रिया कार्यक्रम पनि गरिएको नेकपा धनकुटाका सचिव ऋषिराम ढुंगानाले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!