संगालोखबर सम्बाददाता

बेलबारी । मोरङको बेलबारी नगरपालिकाले २ सयभन्दा बढी कृषकको खेतबारीको माटो परीक्षण गरेको छ । कृषि भूमि तथा सहकारी मन्त्रालयबाट बिज्ञहरुको टोली बोलाएर नगरपालिकाले निःशुल्क माटो परीक्षण गरेको हो ।

व्यवसायिक कृषिमा जोड दिन माटो परीक्षण गरिएको बेलबारीका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । उनका अनुसार माटो परीक्षण नगरी खेति गर्दा माटो सुहाउँदो बाली नहुँने संभावना भई बाली नफस्टाउने समस्या हुने गरेकाले परम्परागत खेति प्रणाली भन्दा आधुनिक खेतिका लागि कृषकहरुलाई प्रोत्साहन गर्न माटो परीक्षण गरिएको हो ।

अम्लियपना, नाइट्रोजन, फसफोरस, पोटास तथा माटोले पानी सोस्ने क्षमता परीक्षणको रिपोर्टले देखाउँने हुँनाले सोही अनुसारको बाली लगाउँदा फस्टाउँने बेलबारी नगरपालिका कृषि शाखा प्रमुख बिनोद दाहालले बताए ।

माटो परीक्षण गराउने कृषकहरुका लागि नगरपालिकाले केही महिना अघि सूचना जारी गरेर माटो मगाएको थियो । नगरपालिकाले प्रत्येक बर्ष माटो परीक्षण गराउने गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!