संगालोखबर सम्वाददाता

बिराटनगर । ५ सय कैदीबन्दी अट्ने क्षमताको कारागार धनकुटामा बनाउँन प्रदेश सांसद लिला सुब्बाले माग गरेकी छन् । प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७७/७८ का लागि सार्वजनिक गरेको बजेटका बिषयमा छलफलका लागि बिहिबार आयोजित प्रदेश सभाको बैठकमा बोल्दै सांसद सुब्बाले यस्तो माग गरेकी हुन् ।

Advertisement

कारागार बनाउँन यस अघि बजेट आएको भएपनि स्थानीय, प्रदेश र केन्द्र सरकारले लदारुकता नदेखाउँदा हालसम्म पनि निर्माण हुँन नसकेको भन्दै उनले अब चासो देखाएर प्रदेश सरकारले धनकुटामा कारागार निर्माण प्रकृया अघि बढाउँन माग गरिन् । उनले भनिन्–‘कारागार बनाउँन अघिल्ला बर्षहरुमा पनि बजेट आएको थियो । स्थानीय, प्रदेश र केन्द्र सरकारको उदासिनताका कारण काम नभई बजेट फ्रिज भएको छ । अब प्रदेश सरकारले धनकुटामा ५ सय कैदीबन्दी अट्ने क्षमताको कारागार निर्माणको प्रकृया अघि बढाउँन माग गर्दछु ।’

कारागारको जग्गामा ४० बर्ष अघिदेखि बस्ती बसिरहेको भन्दै उनले बस्तीलाई स्थानान्तरण गरेर कारागार निर्माण थाल्न माग गरेकी हुन् ।

फरक प्रशंगमा उनले धनकुटामा निर्माणाधिन औद्योगिक ग्रामलाई यस बर्ष पनि बजेट छुट्याउँन माग गरिन् । औद्योगिक ग्राममा अहिले क्वारेन्टाईन बनाईएकाले निर्माण प्रकृयामा ढिलाई हुने निश्चित रहेको भन्दै उनले बजेटलाई निरन्तरता दिएर निर्माण प्रकृया सम्पन्न गराउँन प्रदेश सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!