झापा । झापाको कन्काई नगरपालिका–८ मा जंगली च्याउ खाँदा एकै घरका तीन जना बिरामी भएका छन् । जंगली च्याउको तरकारी पकाएर खाँदा ४० बर्षीया बेनुका लम्साल, उनका छोरा २१ बर्षीय बिपिन र १९ बर्षीय सौरब बिरामी भएका हुन् ।
उनीहरुले बुधवार बिहानको खानामा जंगली च्याउको तरकारी खाएका थिए । बिरामी भएका तीनै जनाको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।