संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

सुनसरी । सुनसरीको हरिनगरमा प्रहरीको नाममा एक युवाले स्थानीय व्यापारीबाट रकम असुली गरेको पाईएको छ । सादा पोशाकको प्रहरी हुँ भन्दै हरिनगर गाउँपालिका–५ का २३ बर्षीय असरार अहमद मियाले रकम असुली गरेको पाईएको हो ।

मियाले हरिनगर गाउँपालिका–२ का व्यापारीहरुलाई डर त्रास देखाई गैरकानूनी रुपमा रकम असुली गरेका हुन् । घटनाको जानकारी पाएपछि प्रहरी चौकी भुटाहाबाट गएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

Advertisement

प्रहरीको बदनाम गरी स्थानीय व्यापारीहरुसँग गैरकानूनी रुपमा रकम असुली गरेको पाईएकाले मियालाई नियन्त्रणमा लिएर कारवाही प्रकृया अघि बढाईएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!