संगालोखबर सम्बाददाता

धनकुटा । लकडाउनको अवधिमा भाडा छुट गर्ने हिलेका घरधनीहरुलाई सोमबार सम्मान गरिएको छ । बहालमा बस्नेहरुलाई संकटका बेला भाडा छुट गरेर सहयोग पुर्याएको भन्दै धनकुटा उद्योग बाणिज्य संघले हिलेका ४७ जना घरधनीहरुलाई सम्मान गरेको हो ।

Advertisement

घर भाडा छुट गर्नेहरुलाई सम्मान गर्ने अभियान अनरुप हिले बजारका घर धनीहरुलाई पनि सम्मान गरिएको उद्योग बाणिज्य संघका अध्यक्ष बिजय सन्तोषी राईले जानकारी दिए । घर धनीहरुलाई उद्योग बाणिज्य संघका अध्यक्ष राई, उपाध्यक्ष खगेन्द्र विष्ट, महासचिव रामवहादुर गोङ्वा, कोषाध्यक्ष रुपेश श्रेष्ठ लगायतले दोसल्ला तथा खादा ओढाएर सम्मान गरेका थिए ।

भाडा छुट गर्ने हिले बजारका कृष्णराज जोशी, लक्ष्मी जोशी, धनवहादुर मोक्तान, बिष्णु मोक्तान, जंग क्षेत्री, छेकु तामाङ्ग, दिपेन्द्र काकी, होमवहादुर गोम्देन, किरण कुमार शाक्य, बालकुमार समाल, केशरवहादुर थापा, सोम राना, रामवहादुर बमजन, सुवेश योञ्जन, वीरवहादुर बयलकोटी, रुकमान तामाङ्ग र जयन्ती बमजनलाई दोसल्ला तथा खादा ओढाएर टिका लगाई सम्मान गरिएको छ ।

यसैगरी बालकुमार समाल, देवेन्द्र विक, रविन्द्र कुमार तामाङ्ग, बलवहादुर दर्नाल, सुमित्रा बरुवाल, यादव तिरुवा, मानवहादर बरदेवा, शोभा योञ्जन, रविन्द्र योञ्जन पनि भाडा छुट गरेवापत सम्मानित भएका छन् । हिले बजारका थप ६२ जनाले पनि भाडा छुट गर्ने घोषणा गरेका छन् । यसअघि बाणिज्य संघले भाडा छुट गर्ने धनकुटा बजारका घर धनीहरुलाई सम्मान गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!