संगालोखबर सम्वाददाता

सुनसरी । सुनसरीबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले भोक्राहा नरसिंह गाउँपालिका–४ र बर्जु गाउँपालिका–३ बाट एक/एक जनालाई पक्राउ गरेको हो ।

Advertisement

भोक्राहा नरसिंह गाउँपालिका–८ का शिवशंकर मेहेता अबैध लागुऔषध डाईलेक्स डी.सी.२१ बोतल, स्पास्मोप्रोक्सिभन १४१ क्याप्सुल र नाईट्रोसन ३७ ट्याबलेटसहित पक्राउ परेका हुन् ।

त्यस्तैगरी बिराटनगर महानगरपालिका–१६ का सन्तोष मण्डल लागुऔषध डाईलेक्स डी.सी.५९ बोतल, स्पास्मोप्रोक्सिभन २८८ क्याप्सुल र नाईट्राभेट १० लेखिएको ६०० क्याप्सुलसहित बर्जु गाउँपालिकाबाट पक्राउ परेका छन् ।

लागुऔषधसहित पक्राउ परेका दुवै जनाको कारोबारका बिषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!