भोजपुर । भोजपुरमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । षडानन्द नगरपालिका–३ मा चट्याङ लाग्दा ट्याम्केमैयुम गाउँपालिका–१ की १० बर्षीया रितिका राउतको मृत्यु भएको हो ।
मावली घरमा बस्दै आएकी राउतको चट्याङ लागेर मृत्यु भएको हो । घर छेउको खेतमा धान रोप्ने क्रममा चट्याङ लागेर घाईते भएकी बालिकालाई उपचारका लागि खार्ताम्छा उप–स्वास्थ्य चौकी लगिएको थियो ।
उपचारकै क्रममा आईतबार साँझ पौने ६ बजे उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ ।