सुनसरी । सुनसरीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । देवानगंज—७ रासीका जगरुप यादवकी पाँच बर्षीया छोरी लक्ष्मी कुमारी यादवको पोखरीमा डुबेर मृत्यु भएका हो ।
बिहिबार साँझ छ बजे घर नजिकैको पोखरी छेउमा खेल्ने क्रममा बालिका लडेकी थिईन । लडेर पोखरीमा डुबेको अवस्थामा आफन्तले देखेपछि उपचारका लागि लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।