संगालोखबर सम्वाददाता

फायल तस्वीर

सुनसरी । धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत १२ जना कोरोना संक्रमित निको भएर शनिवार डिस्चार्ज भएका छन् । उपचारका क्रममा पीसीआर रिपोर्ट नेगेटिभ आएकाले उनीहरुलाई डिस्चार्ज गरेर पठाईएको प्रतिष्ठानले जनाएको छ ।

कोरोना मुक्त भएर अस्पतालबाट डिस्चार्ज हुँने १२ जना नै झापाका हुन् । डिस्चार्ज हुँनेमा १८ देखि ५८ बर्षसम्मका पुरुष छन् । प्रतिष्ठानमा बाँकी ८३ जना कोरोना संक्रमितको उपचार भईरहेको छ ।

Advertisement

उनीहरुको अवस्था पनि सामान्य रहेको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जनाएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!