संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

बिराटनगर । बिराटनगरमा गाई काटेको आरोपमा बिहिबार एक जना पक्राउ परेका छन् । गाई काटेको आरोपमा बिराटनगर महानगरपालिका-१७ का २८ बर्षीय सोहिल मिया पक्राउ परेका हुन् ।

बिहान ७ बजे स्थानीय सौरभ मियाको घरमा गाई काटिरहेको भन्ने सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनास्थलबाट १० केजी मासुसहित मियालाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

घटनामा संग्लग्न अन्य दुई जना फरार रहेकाले खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!