Avatar photoGoma Dhungana

धनकुटा । कोरोना भाईरस परीक्षण गर्ने प्रयोगशाला धनकुटामा बनाउँन पहल थालिएको छ । धनकुटासहित भोजपुर, तेह्रथुम र संखुवासभा जिल्लाबासीलाई सहजताका लागि पीसीआर परीक्षण गर्ने प्रयोगशाला सञ्चालन गर्न पहल थालिएको हो ।

Advertisement

धनकुटामा पीसीआर मेसिन ल्याउँने बिषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसँग कुरा भएको सांसद राजेन्द्र राईले जानकारी दिए । ‘धनकुटासहित छिमेकी चार जिल्लालाई सहजताका लागि धनकुटामा पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाउँन पहल गरेका छौ । यो बिषयमा स्वास्थ्य मन्त्रीसँग पनि कुरा भएको छ ।’ संगालोखबरसँग सांसद राईले भने ‘स्वास्थ्य मन्त्री पनि सकारात्मक हुनुहुन्छ । चीनबाट मेसिन आएपछि धनकुटामा पठाउँने कुरा भएको छ ।’

धनकुटामा पीसीआर परीक्षण गर्ने ल्याब सञ्चालन गर्न छिमेकी जिल्लाका सांसदहरुले पनि आवाज उठाउँन थालेका छन् । यो बिषयमा भोजपुरका सांसद सुदन किरातीले प्रतिनिधिसभा बैठकमै कुरा उठाएका छन् । प्रदेश नं.१ मा हालसम्म धरान स्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, बिराटनगर स्थित कोशी अस्पताल र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा मात्र कोरोना परीक्षण हुँदै आएको छ ।

प्रदेशका सबै जिल्लामा पीसीआर परीक्षणको क्रम बढाईएसँगै अहिले तीन वटै ल्यावमा चाप बढेको छ । जसका कारण रिपोर्ट आउँन ढिलाई हुँने गरेको छ । अहिले धनकुटासहित प्रदेश १ का १४ वटै जिल्ला र प्रदेश २ का पनि बिभिन्न जिल्लाबाट स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि धरान र बिराटनगर पुर्याइने गरिएको छ । जसका कारण एक दिनमा आउँनुपर्ने पीसीआर रिपोर्टका लागि चार/पाँच दिनसम्म पालो कुर्नु पर्ने बाध्यता छ ।

धनकुटामै माईक्रोबायोलोजी ल्याब सञ्चालन गरेर पीसीआर परीक्षण गर्ने वातावरण मिलेमा धनकुटासहित छिमेकी जिल्लाहरुलाई धेरै सहज हुँने जिल्ला अस्पतालका प्रमुख डा. पुजन विश्वकर्मा बताउँछन् । उनी भन्छन्–‘धनकुटामा पीसीआर परीक्षणका लागि दक्ष जनशक्ति छैनन् । तर, केन्द्र र प्रदेश सरकार सकारात्मक भएर मेसिन र जनशक्ति पठाएमा ल्याब राख्न सकिन्छ । धनकुटामा पीसीआर परीक्षण गर्न सकियो भने धरान र बिराटनगरका ल्याबको चाप पनि कम हुन्छ । पहाडी जिल्लालाई पनि धेरै राहत मिल्छ ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement