Avatar photoSangalo Khabar

धनकुटा । धनकुटाका दुई प्रदेश सांसदसहित १७ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा सोमबार गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण नभएको पाईएको हो ।

Advertisement

धनकुटाका सात जनामा कोरोना संक्रमण पुष्टि भएका कारण ‘कन्ट्राक्ट ट्रेसिङ’ का आधारमा उनीहरुको सम्पर्कमा पुगेकाहरुको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्ने क्रम चलिरहेको छ । सोहि क्रममा शनिवार १३ जना प्रहरी, दुई जना बिरामी र दुई जना प्रदेश सांसदको स्वाब संकलन गरिएको थियो ।

आईतबार बिराटनगर पठाईएका १७ वटै स्वाबको सोमबार नेगेटिभ रिपोर्ट आएको जिल्ला अस्पताल धनकुटाका प्रमुख डा.पुजन विश्वकर्माले जानकारी दिए । यसअघि आईतबार पनि धनकुटाका ८४ जनाको रिपोर्ट नेगेटिभ आएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement