Sangalo Khabar

धनकुटा । धनकुटामा थप ५ सय जनाको पीसीआर बिधिबाट कोरोना परीक्षण गर्नका लागि भीटीएम आउँने भएको छ । धनकुटाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद राजेन्द्र राईको पहलमा स्वास्थ्य मन्त्रालय मार्फत भीटीएम आउँन लागेको हो ।

Advertisement

पीसीआर बिधिबाट कोरोना परीक्षण गर्न स्वाब संकलनका लागि प्रयोग हुँने भीटीएमसहितका स्वास्थ्य सामाग्री बुधबार दिउँसो नै काठमाडौंबाट धनकुटा पठाइएको सांसद राजेन्द्र राईले बताए । ‘धनकुटामा कोरोना संक्रमित बढ्दै गएकाले संक्रमितको पहिचान गरेर रोकथामका लागि भीटीएमसहितका स्वास्थ्य सामाग्री तत्काल पठाउँने व्यवस्था मिलाईएको छ ।’ काठमाडौंमा रहेका राईले संगालोखबरसँगको फोन सम्पर्कमा भने–‘काठमाडौंबाट सामाग्री लिएर गाडी हिडिसकेको छ, बिहिबार बिहानसम्म जिल्ला आईपुग्छ ।’

५ सय थान भीटीएमसहित ५० थान गाउन, १० थान फेस सिल्ड, १ सय थान एन ९५ माक्स, ५० थान सर्जिकल क्याप, २ हजार थान सर्जिकल माक्स, २ सय जोर पन्जा, ४० थान सेफ्टी चस्मा, ५० जोर सू कभर र १० थान डिजिटल थर्मोमिटर आउँदै गरेको हो । उक्त सामाग्री जिल्ला अस्पतालमा आउँनेछ । भीटीएम आएपछि स्वाब संकलन थाल्ने तयारी गरिएको छ ।

धनकुटामा बुधबार साँझसम्म ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको सम्पर्कमा पुगेका व्यक्तिहरुको स्वाब संकलन गरेर परीक्षणका लागि पठाईने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement