Sangalo Khabar
धनकुटा जिल्ला अस्पताल । फाईल तस्वीर: संगालोखबर

धनकुटा । धनकुटाकी कोरोना संक्रमित स्वास्थ्यकर्मी महिलासँगै भएका उनका छोरामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । बिराटनगर स्थित कोशी अस्पतालको प्रयोगशालामा सोमबार दिउँसो पीसीआर परीक्षण गर्दा बच्चाको रिपोर्ट नेगेटिभ आएको हो ।

धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा आईतबार गरिएको स्वाब परीक्षणका क्रममा धनकुटा अस्पतालमा कार्यरत ३४ बर्षीया स्वास्थ्यकर्मी महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी ५ बर्षीय छोरासँगै बस्दै आएकी थिईन् ।

Advertisement

संक्रमित आमासँगै रहेका छोरामा पनि संक्रमण भएको हुनसक्ने आशंकामा सोमबार दिउँसो उनलाई बिराटनगरमा ल्याएर स्वाब संकलन गरी परीक्षण गरिएको थियो । परीक्षणका क्रममा छोरामा संक्रमण नभएको जानकारी आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईले संगालोखबरलाई जानकारी दिए ।

उनका अनुसार संक्रमण नदेखिएपछि बच्चालाई आमासँग अगल्याएर बेग्लै राखिएको छ । संक्रमित महिलालाई शनिवार बिहान धनकुटाबाट लगेर बिराटनगर स्थित कोरोना बिशेष अस्पतालमा राखिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement