
संखुवासभा । संखुवासभाकी एक महिलाको आरडीटी रिपोर्ट पोजिटिभ आएको छ । चैनपुर नगरपालिका–१ नुनढाकीकी ३० बर्षीय महिलाको आरडीटी गर्दा एन्टिबडी पोजिटिभ देखिएको हो ।
आरडीटीमा पोजिटिभ रिपोर्ट आएपछि ती महिलाको स्वाब संकलन गरी परीक्षणका लागि बिराटनगर स्थित कोशी अस्पतालको प्रयोगशाला पठाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
आरडीटी पोजिटिभ देखिएपनि स्वाब परीक्षण रिपोर्टपछि मात्र उनमा कोरोना संक्रमण भए/नभएको यकिन हुन्छ । आरडीटी पोजिटिभ देखिएकी महिलालाई नुनढाकी स्थित क्वारेनटाइनमा राखिएको छ ।















