सन्तोष रुचाल / संगालोखबर

धनकुटा । चौबिसे गाउँपालिकाले लकडाउन प्रभावितहरुलाई पहिलो चरणको राहत वितरण गरेको छ । दैनिक ज्यालादारी काम गर्दै आएका गरिब, विपन्न, असहाय परिवारलाई राहत वितरण गरिएको चौबिसे गाउँपालिकाले जनाएको छ ।

Advertisement

८ वटै वडाका एक हजार १ सय १६ परिवारलाई पहिलो चरणमा राहत वितरण गरिएको चौबिसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताए । ‘लकडाउन सुरु हुने बित्तिकै खाद्यान्न अभाव हुँदैन, हाम्रो गाउँपालिकामा ग्रामिण क्षेत्र बढी भएकाले लकडाउनको प्रभाव अलिक कम हुन्छ । अब बल्ल खानेकुरा सकिन थालेको छ ।’ अध्यक्ष राईले भने ‘राहत भनेको संकट परेका बेला दिनुपर्ने भएकाले अरुको भन्दा अलिक ढिलो राहत बाढेका हौं ।’

४ जनासम्म परिवार संख्या रहेकालाई २५ केजी चामल, एक लिटर तेल र एक केजी नुन वितरण गरिएको छ । ४ जना भन्दा बढी परिवार सदस्य भएका परिवारलाई ५० केजी चामल, एक लिटर तेल र एक केजी नुन वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशि राईले बताए ।

वडा कार्यालयहरुको सिफारिसमा मंगलबार र बुधबार (आज) वडा वडाबाटै राहत वितरण गरिएको हो । वडा नं. १ का ८५, वडा नं. २ का ९२, वडा नं. ३ का २७९, वडा नं. ४ का १९१, वडा नं. ५ का १७८, वडा नं. ६ का ४७, वडा नं. ७ का १०४ र वडा नं. ८ का १४० घर परिवारलाई राहत वितरण गरिएको चौबिसे गाउँपालिकाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!