संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा बजारमा आइतबार राँगाले हानेर एक बृद्ध घाईते भएका छन् । राँगाको आक्रमणबाट चौबिसे गाउँपालिका–३ सोगुमका ८९ वर्षिया खड्गवहादुर सुर्जे मगर घाइते भएका हुन् ।

Advertisement

लकडाउनको समयमा गाउँबाट वजार ल्याउने क्रममा उम्किएको राँगाले धनकुटा–७ स्थित त्रिवेणी चौक नजिक मगरलाई आक्रमण गरेको थियो । राँगाले हानेर घाईते भएका मगरको धनकुटा जिल्ला अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

धनकुटा–७ डाँडागाउँ स्थित वरढाङटोल बस्दै आएका मगर औषधी किन्न हुलाकटोल आउँने क्रममा उनलाई राँगाले आक्रमण गरेको हो ।

बजारमा राँगाले मच्चायो आतंक, नियन्त्रणमा लिन प्रहरी परिचालन

धनकुटा–७ का राजेश राईले चाम्जीबुङ्गबाट धनकुटा वजार ल्याउँदै गरेको राँगा बिच्किएर धनकुटा बजारमा आतंक मच्चायो । डोरीबाट खुस्किएपछि जथाभावी भाग्ने क्रममा रागाले हानेर मगरलाई घाइते बनायो । औषधि किन्न जाँदै गरेका मगरलाई राँगाले हानेर कान्लामुनि पुर्याएको थियो ।

मान्छे हानेर बिच्किएको राँगालाई स्थानीयबासी र राँगाधनीले नियन्त्रणमा लिने प्रयास गरेपनि सकेनन् । बिच्किएको राँगा समाउन नसकेपछि जिल्ला प्रहरी कार्यालयबाट एक गाडी प्रहरी झिकाइयो ।

प्रहरी र स्थानीयले घेरा हालेर झण्डै दुई घण्टाको प्रयासपछि राँगालाई नियन्त्रणमा लिए । रुखमा डोरीको सहायताले टाउँको र खुट्टामा वाँधेर राँगा नियन्त्रण लिइएको हो ।

राँगा नियन्त्रणमा लिने क्रमका थप तस्वीरहरु…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!