बिराटनगर । झापाका अर्का व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । बिराटनगर स्थित कोशी अस्पतालमा आइतबार गरिएको पीसीआर परीक्षणका क्रममा झापाका ५० बर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
केहि दिन अघि झापाका एक व्यक्तिमा कोरोना भेटिएको थियो । बिराटनगर स्थित कोरोना बिशेष अस्पतालमा उनको उपचार भइरहेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । जसमध्ये १६ जना निको भएर अस्पतालबाट घर फर्किएका छन् ।
झापामा संक्रमित थपिएपछि प्रदेश १ मा संक्रमितको संख्या ३० पुगेको छ ।