संगालोखबर सम्वाददाता

इलाम । सामाजिक सञ्जाल फेसबुकमा जथाभावी लेखेको अभियोगमा ईलामका एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

फेसबुकबाट अफवाह फैलाएको अभियोगमा इलाम फाकफोकथुम गाउँपालिका–७ का २४ बर्षीय सन्दिप योङहाङ लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।

लिम्बुले आफ्नो फेसबुक स्टाटसमा इलामको बिब्ल्याटेमा एक जनामा कोरोना संक्रमण भेटिएको भनेर तथ्यहिन र भ्रामक प्रचार गरेका थिए ।

अफवाह फैलाएर जनमानसमा डर त्रास फैलाउने काम गरेकाले उनलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!