
धनकुटा । धनकुटाका एक बृद्ध सुतेकै ठाउँमा मृत फेला परेका छन् । धनकुटा नगरपालिका–४ देब्रेबासका ६१ बर्षीय भीमबहादुर थापा घरमा सुतेकै ठाउँमा मृत अवस्थामा भेटिएका हुन् ।
बुधबार साँझ खाना खाएर सुतेका थापा बिहिबार बिहान ओछ्यानमै मृत भेटिएको आफन्तले बताएका छन् । मृतक थापाको शवलाई धनकुटा जिल्ला अस्पतालमा पोष्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको धनकुटाका प्रहरी प्रवक्ता डिएस्पी ध्रुवकुमार श्रेष्ठले संगालोखबरलाई जानकारी दिए ।
मृत्युको कारण खुल्न सकेको छैन । घटनाको बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । धनकुटामा केहि दिन अघि पनि एक युवा स्थानीय सिलढुंगाको ओढारमा मृत भेटिएका थिए ।















