तेह्रथुम । घाँस काट्ने क्रममा भीरबाट लड्दा तेह्रथुममा आज एक जनाको मृत्यु भएको छ । तेह्रथुमको फेदाप–१ कुरुवाङ टोलका ३१ बर्षीय दुर्गा तामाङको लडेर मृत्यु भएको हो ।
बिहान ७ बजे आफ्नै घर छेउमा रहेको बारी पहरामा घाँस काट्ने क्रममा चिप्लिएर करिव ५० मिटर तल झर्दा उनको घटनास्थलमै मृत्यु भएको हो । घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।