संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले लकडाउनको अवधिमा पनि अत्यावश्यक योजनाका कामहरु अघि बनाइने बताएका छन् । प्रदेश नं. १ को आर्थिक मामिला तथा योजना मन्त्रालयले बुधबार आयोजना गरेको प्रदेश स्तरीय योजना, बजेट तथा कार्यक्रम तर्जुमा दिग्दर्शन सार्वजनिकिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् ।

Advertisement

अत्यावश्यक योजनाहरुलाई सामाजिक दुरी कायम गरेर भएपनि अगाडि बढाउने तयारी भइरहेको मुख्यमन्त्री राईले बताए । अहिले कोरोना भाइसरका कारण देश लकडाउनमा भएकाले विकासका कामहरु ठप्प हुँदा सबै योजनाहरु प्रभावित भएको भन्दै उनले अत्यावश्यक योजनाहरुलाई लकडाउनमै भएपनि अघि बढाउँनुपर्ने आवश्यकता औल्याए ।

उनले अहिले कोरोनाले गर्दा समग्र अर्थतन्त्रमा असर परेको र आगामी वर्षको योजना निमार्णमा यसले कस्तो असर पार्छ भन्ने यकिन नभएका कारण चुनौती थपिएको बताए ।

फरक प्रशंगमा उनले प्रदेशमा अब बन्ने योजना माग र आवश्यकताको आधारमा तराई, पहाड र हिमालको समुचित विकास हुने गरी बन्ने आधार तयार भएको दावी गरे । योजना संकलन, छनोट, कार्यान्वयन र तर्जुमाको वैज्ञानिक आधार बनेको उनको भनाई छ ।

उनले यसअघि योजना संकलन, छनौट र तर्जुमा गर्ने आधार नहुदा व्यक्तिगत सम्बन्ध र प्रभावका आधारमा योजनाहरु बन्ने र कार्यान्वयनमा समस्या भएको उल्लेख गर्दै दिग्र्दशनले योजना कार्यान्वयनको पारदर्शीता र योजनाबद्ध विकासलाई सघाउ पु¥याउने धारणा राखे ।

कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले अहिलेको अवस्थामा विकास बजेट काटेर कोरोना कोषमा हाल्नु पर्ने अवस्था नरहेको बताए । यस वर्षको विकास बजेटलाई कोरोनाले प्रभाव नपार्ने बताउँदै उनले त्यसका लागि अन्य विभिन्न क्षेत्रको बजेट रोक्का गरिएको बताए ।

भोलिका दिनमा कोरोनाले अर्थतन्त्रमा पार्नसक्ने प्रभावलाई मध्यजनर गर्दै बेरोेजगारी, खाद्यान्न संकट, उद्योग व्यवसायको संकटमा ध्यान पु¥याउनुपर्ने अवस्था आउनसक्ने मन्त्री आङ्बोको भनाई छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!