संगालोखबर सम्वाददाता

लक्ष्मीमार्ग । विश्वलाई आतंकित बनाइरहेको कोरोना भाइरसको संक्रमण फैलन नदिन अहिले मुलुकलाई नै लकडाउन गरेर आवतजावतमा रोक लगाईएको छ । तर, मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा यस्तो बार्ड राखिएको छ, जसमा कोरोनाले मानिसलाई व्याङ्ग्यात्मक शैलीमा चौकमा बोलाउँछ ।

Advertisement

‘म कोरोना हुँ, तपाइको चोकमा आइपुगेको छु, मलाइ भेट्ने भए माक्स पन्जा, साबुन सेनिटाइजर केहि पनि नलगाई आउनु होला । मेरो विश्व भ्रमण सफल पारिदिनुहोला ।’ लेखिएको यो बोर्ड सशस्त्र प्रहरीले राखेको हो । सर्वसाधरणलाई घरमै बस्न सन्देश दिदै लकडाउन पूर्ण पालना गराउँने उद्धेश्यले व्याङ्ग्यात्मक बोर्ड राखिएको सशस्त्र प्रहरी बेश क्याम्प लक्ष्मीमार्गका इन्सपेक्टर चेतन वाह्रकोटिले बताए ।

लकडाउनलाई अटेर गरेर धेरै जना सडकमा ओहोर दाहोर गर्ने गरेकाले व्याङ्ग्यात्मक रुपमा घरमै बस्न सन्देश प्रवाह गर्ने हिसावले शसस्त्र प्रहरीले यस्तो बोर्ड राखेको हो । बोर्डसँगै कोरोनाको सांकेतिक स्तम्भ पनि निर्माण गरिएको छ । केहि दिन अघि लकडाउन उल्लंघन गर्दै शिक्षकले कुदाएको मोटरसाइकलले ठक्कर दिँदा सशस्त्रका इन्सपेक्टर बाह्रकोटी नै घाइते भएका थिए ।

मोटरसाइकलको ठक्करबाट उनको दाहिने कुमको जोर्नी खुस्किएको छ । यसरी लकडाउन उल्लंघन हुँने गरेकाले सचेतना फैलाउँदै कोरोना संक्रमण रोकथाम गर्ने उद्धेश्यले बोर्ड राखिएको सशस्त्र प्रहरी बेश क्याम्पले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!