संगालोखबर सम्वाददाता
धनकुटाको हुलाकटोल । फाइल तस्वीर : संगालोखबर

धनकुटा । लकडाउनको समयमा सर्वसाधरणलाई सहजताका लागि धनकुटा र हिले बजारका घर–घरमा अत्यावश्यक दैनिक उपभोग्य सामाग्री पुर्याएर बिक्रि गर्न थालिएको छ । स्थानीय प्रशासन र व्यापारीहरुसँगको समन्वयमा उद्योग बाणिज्य संघले बजार क्षेत्रका घर घरमै तरकारी, दुध र खाना पकाउने ग्याँस विक्रि वितरण गर्ने व्यवस्था मिलाएको हो ।

व्यापारीहरुसँग समन्वय गरेर गाडीमार्फत बजार घुमाउदै घर घरमै उपभोग्य सामाग्री किन्न पाउँने व्यवस्था मिलाईएको उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिए । उनका अनुसार शनिवार धनकुटा र हिले बजारका केहि स्थानमा एउटा गाडी मार्फत घर–घरमै पुर्याएर सामाग्री बिक्रि गरिएको छ । आईतबारबाट दुईवटा गाडीमार्फत बिक्रि गरिनेछ ।

Advertisement

बजारका पसलमा पाईने भन्दा पनि सस्तो मुल्यमा तरकारी बिक्रि गरिने अध्यक्ष राईले दावी गरे । ‘हामीले दुई मुठा साग र चार किलो मटरकोसाको प्याकेट बनाएर १ सय रुपैयामै बिक्रि गर्ने व्यवस्था मिलाएका छौ । यो बजार मुल्य भन्दा पनि सस्तो हो ।’ संगालोखबरसँग उनले भने ‘हिले र सिधुवाका व्यापारीमार्फत तरकारी सिधै ल्याएर गाडीबाट बिक्रि गरेको हुँनाले सस्तो भएको हो ।’

घर–घरमै लगेर बिक्रि गर्दा भीडभाड नहुँने र कोरोना संक्रमणको जोखिम कम हुँने भएकाले यस्तो व्यवस्था मिलाइएको उद्योग बाणिज्य संघले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!