
सिधुवा। धनकुटाको सिधुवा बजारमा अलपत्र परेर बसेका कालिकोटका ८ जनालाई छथर जोरपाटी गाउँपालिकाले मंगलबार खाद्यान्न उपलब्ध गराएको छ ।
बिभिन्न ठाउँमा पुगेर गलैंचा बेच्ने काम गर्दै आएका उनीहरु सिधुवामा आईपुगेका बेला लकडाउन भएपछि बेखर्ची भएर अलपत्र परेका हुन् । उनीहरुलाई छथर जोरपाटी गाउँपालिकाले ५० किलो चामल, ४ किलो दाल, २ किलो नुन, २ लिटर तेल र ४ वटा साबुन प्रदान गरेको हो ।
गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बुले सिधुवा बजारमा उनीहरुलाई राहत प्रदान गरेका हुन् । राहत पाएपछि केहि दिन भएपनि खानको जोहो भएको भन्दै उनीहरुले खुशी व्यक्त गरेका छन् ।
भिडियो हेर्नुहोस्…















