संगालोखबर सम्वाददाता
फाइल तस्वीर

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा माटोको ढिस्कोले पुरिएर आज एक महिलाको मृत्यु भएको छ । माटो खन्ने क्रममा ढिस्को झरेर पुर्दा त्रियुगा–१३ कि ३० बर्षीया जानकीदेवी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

बिहान करिब साँढे ७ बजे घर नजिकै माटो खन्ने क्रममा उनलाई माथिबाट ढिस्को झरेर पुरेको थियो ।

Advertisement

ढिस्कोले पुरिएर घाइते भएकी चौधरीलाई उपचारका लागि बिराटनगर स्थित न्युरो अस्पताल पुर्याईयो । तर, उपचारकै क्रममा दिउँसो साँढे १ बजे चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!