संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा नगरपालिकाले गरिब, बिपन्न र दैनिक ज्यालादारी मजदुरलाई राहत वितरण गर्ने भएको छ । नगरको मंगलवार बसेको आकस्मिक बैठकले विपन्न, सुकुम्बासी, दैनिक ज्यालादारी मजदुर र श्रोतविहिन भएर आपत परेका परिवारलाई राहत वितरण गर्ने निर्णय गरेको हो ।

Advertisement

कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि गरिएको लकडाउनका कारण समस्यामा परेका यस्ता व्यक्तिहरुको वडागत रुपमा विवरण संकलन गरी बुधबारबाट राहत वितरण गरिने नगर प्रमुख चिन्तन तामाङले संगालोखबरलाई जानकारी दिए । ‘धनकुटा नगरक्षेत्रका करिव २५ सय परिवारलाई राहत वाढ्ने योजना छ ।’ नगर प्रमुख तामाङले भने ‘वडागत रुपमा विवरण संकलन गर्दा अझै संख्या थप घट हुन पनि सक्छ ।’

राहतमा प्रति परिवार २५ केजी चामल, २ केजी दाल, १ लिटर तेल, १ केजी नुन र हात धुने एउटा सावुन वितरण गरिनेछ । यसैगरी आफुखुसी राहत संकलन र वितरण गर्नेहरुलाई पनि नगरपालिकाले कडाई गर्ने निर्णय गरेको छ ।

नगर क्षेत्र भित्र कुनै पनि व्यक्ति वा संघसस्थाले राहत संकलन र वितरण गर्दा अनिवार्य रुपमा नगरपालिकासँग अनुमति लिनुपर्ने र नगरको समन्वयमा एकद्वार प्रणालीबाट मात्र राहत वितरण गरिने नगरपालिकाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!