संगालोखबर सम्वाददाता

बिराटनगर । विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणप्रति सावधानी अपनाउँदै नोबेल शिक्षण अस्पतालमा कर्मचारीको हाजिरी गर्ने तरिका परिवर्तन गरिएको छ । नोबेलले बायोमेट्रिक हाजिरी बन्द गरेर ‘फेस डिटेक्टर’ हाजिरी सुरु गरेको हो ।

Advertisement

करिव १ हजार ७ सय कर्मचारी कार्यरत नोबेलमा यसअघि बायोमेट्रिक हाजिरी प्रयोग गरिदै आएको थियो । बायोमेट्रिक हाजिरीमा हरेक कर्मचारीले औठा छाप लगाउँनुपर्ने हुँँनाले संक्रमण फैलनसक्ने अवस्थालाई मध्यनजर गर्दै नछोई गर्न मिल्ने ‘फेस डिटेक्टर’ हाजिरी प्रयोगमा ल्याईएको अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्माले जानकारी दिईन् ।

‘फेस डिटेक्टर’ मा हाजिरी मेसिन नछोई अनुहार देखाएको भरमा हाजिरी हुन्छ । ‘फेस डिटेक्टर’ हाजिरी प्रयोगमा ल्याईएपछि हाजिरी मार्फत हुँने संक्रमणको जोखिम टरेको भन्दै कर्मचारीहरु पनि खुशी भएका छन् ।

‘फेस डिटेक्टर’ हाजिरी गर्दा प्रत्यक्ष छुनु नपर्ने हुँनाले हाजिरीकै माध्यमबाट भाइरस संक्रमणको जोखिम नहुँने चिकित्सकहरुको भनाई छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!