संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

धरान । सुनसरीको धरानमा आज बिहान पुजा गर्ने क्रममा शरिरमा आगो सल्किएर जल्दा एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुँनेमा धरान उपमहानगरपालिका–१६ की ९० बर्षीया आशादेवी राना छन् ।

बिहान साढे ४ बजे आफ्नै घरको पुजा कोठामा धुपबाती बाल्ने क्रममा बृद्धाको कपडामा आगो सल्किएको हो । शरिरमा सल्किएको आगो निभाउँन नसक्दा उनको शरिरका बिभिन्न माग जलेको थियो ।

Advertisement

जलेर गंभीर घाईते भएकी रानालाई उपचारका लागि तत्काल धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पुर्याईयो । तर, उपचारकै क्रममा बिहान करिव ५ बजे उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!