
सुनसरी । सुनसरीको बराहक्षेत्रमा टिपरको ठक्करबाट घाईते भएका एक बालकको आज बिहान मृत्यु भएको छ । ठक्करबाट बराहक्षेत्र–५ का मन्जु राजधामीका ५ बर्षीय छोरा सुजन राजधामीको मृत्यु भएको हो ।
नहडाबाट कालाबन्जर तर्फ जादै गरेको को.१ ख.५७६५ नम्बरको टिपरले हिजो बेलुका सवा ६ बजे राजधामी चौकमा बाटो काट्दै गरेका सुजनलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गंभीर घाईते भएका उनलाई थप उपचारका लागि काठमाण्डौं लैजाने क्रममा आज बिहान ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने टिफर र चालक प्रदिप चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।















