संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

मोरङ । बिराटनगर महानगरपालिका–१२ मलङवामा घरायसी विवादका क्रममा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । ७२ बर्षीय परण ऋषिदेवले दाउराको चिर्पटले हानेर श्रीमती ७० बर्षीया सगुत्री ऋषिदेवको हत्या गरेका हुन् ।

घरायसी विवादका क्रममा आवेगमा आएर परणले सोमवार साँझ करिव ५ बजे श्रीमतीमाथि चिर्पट प्रहार गरेका हुन् । चिर्पटले टाउँकोमा लाग्दा सगुत्रीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएस्पी मानबहादुर राईले जानकारी दिए ।

Advertisement

मृतकको शवलाई पोष्टमार्टमका लागि कोशी अञ्चल अस्पतालमा राखिएको छ । चिर्पट हान्ने परणलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!