
धनकुटा । लोकसेवाको परीक्षा दिन आएका एक परीक्षार्थीको धनकुटामा आज मृत्यु भएको छ । नायब सुब्बाको परिक्षा दिन धनकुटा आएका ताप्लेजुङ मौवाखोला–४ का २० बर्षीय सविन शेर्पाको मृत्यु भएको हो ।
गएराती धनकुटा–७ हुलाकटोल स्थित आयुसा होटलमा बसेका उनी बिहान परीक्षाका लागि जान कपडा लगाउँने क्रममा ढलेका थिए ।
त्यसपश्चात उपचारका लागि धनकुटा जिल्ला अस्पताल पुर्याईएका उनको उपचारकै क्रममा मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख सुदर्शन कोइरालाले संगालोखबरलाई जानकारी दिए ।
शेर्पासहित चार जना परिक्षार्थी एउटै कोठामा बसेका थिए । उनलाई मुटुको समस्या रहेकाले सोहि कारणले मृत्यु भएको हुँनसक्ने प्रहरीको अनुमान छ ।















