सन्तोष रुचाल/संगालोखबर

धनकुटा । धनकुटा नगरपालिका–९ मुलघाटस्थित तमोर नदीमा सेल्फी खिच्ने क्रममा नदीले बगाएर आज दिउँसो एक युवक बेपत्ता भएका छन् ।
भारतको बिहार राज्यको पुर्णिया घर भई विराटनगरस्थित नोबेल मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत भारतिय नागरिक भिनित कुमार नदी किनारमा सेल्फी खिच्ने क्रममा चिप्लिएर नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुर्दशन प्रसाद कोइरालाले बताए ।

Advertisement

आफुसँगै अध्ययनरत साथीहरुसँग घुम्नको लागि मुलघाट आएका कुमारलाई सेल्फी खिच्ने क्रममा दिउँसो १२:५० बजे नदीले बगाएको हो । नदीले बगाएर बेपत्ता भएका कुमारको स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी कार्य जारी राखेको भएपनि हालसम्म फेला नपरेको एसपी कोइरालाले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!