संगालोखबर सम्वाददाता

खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिका–१ देविस्थानका २१ बर्षीय आशिष राई मृत फेला परेका छन् । फागुन ९ गते साथीहरुसंगै खोटाङ बाह्रपोखरीको वंशीलालघाट तर्फ घुम्न गएका राई त्यहिबाट बेपत्ता थिए ।

Advertisement

घुम्न गएका राई घर नफर्किएपछि आफन्त र प्रहरीले उनको खोजीलाई तिव्रता दियो । खोजतलासकै क्रममा पाँच दिनपछि जन्तेढुङगा गाउँपालिका–१ कुटिटार स्थित सुनकोशी नदी किनारामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

अनुसन्धान अधिकृत खटाएर प्रहरीले घटनाको बिषयमा अनुसन्धान गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!