धनकुटा । धनकुटाको पाख्रीवासमा सञ्चालित नगर स्तरिय तीन दिने कृषि मेला प्रदर्शनीमा २८ जना किसानलाई पुरस्कृत गरिएको छ ।
नेपाल भ्रमण वर्षलाई लक्षित गरी नयाँ कृषि प्रविधिको बारेमा किसानहरुलाई जानकारी दिने उद्देश्यले नगरपालिकाद्वारा आयोजित मेलामा मसला, फलफुल, दलहन, तरकारी, खाद्यान्न र आलुबालीका उत्कृष्ट किसानहरुलाई नगदसहित पुरस्कृत गरिएको हो ।
कृषकहरुलाई पुरस्कृत गर्दै नगर उपप्रमुख देवकला तिम्सिनाले पुरस्कृत गर्ने परम्पराले कृषकहरुमा आफ्नो व्यवसायप्रति जिम्मेवार र उत्प्रेरणाको भावना जागृत हुने बताईन् ।
नगरका १० वटै वडामा उत्पादित आलु, अलैची, साग, एबोकाडो, उखु, लसुन, मकै, केरा लगायत २ सय १९ बाली प्रर्दशनीमा राखिएको थियो ।