संगालोखबर सम्वाददाता

सुनसरी । सुनसरीको झुम्का नजिक तित्रिबनमा आज बिहान बस र माइक्रो जुध्दा श्रीमान–श्रीमतिसहित चार जनाको मृत्यु भएको छ । झापाबाट काठमाडौं जाँदै गरेको बा.५ ख.३१५७ नम्बरको हाइस माइक्रो र पोखराबाट आउँदै गरेको ना.६ ख.७९५ नम्बरको बस ठक्कर खाएका हुन् ।

Advertisement

दुर्घटनामा परी झापा धरमपुरकी १८ बर्षीया गरिमा गौतम, भद्रपुर घर भई काठमाण्डौ बस्दै आएका हेमराज कोईराला, उनकी श्रीमति डोलमाया कोइराला र हाइस चालक दिपक खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इनरुवाले जनाएको छ ।

गरिमाको धरानमा उपचारका क्रममा मृत्यु भएको हो भने वाँकी तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । धरमपुर–९ का होमबहादुर कार्की, इटहरी–४ की कमला तामाङ र भद्रपुरका टंकप्रसाद काफ्ललेको धरानस्थिथत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार होमबहादुर कार्की र टंकप्रसाद काफ्ललेको अवस्था गम्भीर छ । बस र माईक्रोका अधिकांस यात्रु घाइते छन् । इनरुवा, इटहरी र विराटनगरका अस्पतालहरुमा उनीहरुको उपचार भईरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!