झापा । झापाको दमकमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दमक नयलबारी स्थित भित्री सडकमा गएराती उत्तरबाट दक्षिण तर्फ जादै गरेको को.३५ प.१०५५ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।
दुर्घटनामा परी मोटरसाइकल चालक मोरङको उर्लाबारी–९ का ३१ बर्षीय धिरेन तामाङको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको अनुमान छ ।















